कोन्टिन्होलाई भित्र्याउन बार्सिलोनाको अन्तिम प्रयास



सैघाली खबर।
भदौ ४। – बार्सिलोनाले लिभपुरलका मिडफिल्डर फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने अन्तिम प्रयास गरिरहेको छ । बार्सिलोनाले कोन्टिन्होका लागि ११ करोड ८० लाख पाउण्डको नयाँ प्रस्ताव गरेको छ ।

यो प्रस्ताव स्वीकार गर्नका लागि लिभरपुलसँग आइतबार बेलुकासम्मको समय रहेको बार्सिलोना बताएको बेलायती पत्रिका द सनडे टाइम्सले जनाएको छ ।

यसअघि बार्सिलोनाले कोन्टिन्होका लागि ८ करोड पाउण्ड प्रस्ताव गरेको थियो । तर लिभरपुलले भने कोन्टिन्हो बिक्रीमा नरहेको बताएको थियो । त्यसपछि कोन्टिन्होले आफूले क्लब छोड्न चाहेको भन्दै लिभरपुललाई इमेल गरेका थिए । अहिले आएर बार्सिलोनाले ११ करोड ८० लाख पाउण्ड प्रस्ताव गरेको छ ।

लिभरपुलले भने १४ करोड पाउण्ड माग गरेको र बार्सिलोना १३ करोडसम्म तिर्न तयार देखिएको अर्को पत्रिका सनडे एक्प्रेसले जनाएको छ ।
विश्व कीर्तिमानी मूल्यमा नेइमार पेरिस सेन्ट जर्मेन ९पिएसजी० गएपछि बार्सिलोनाले कोन्टिन्होलाई भित्र्याउने प्रयास गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्