राप्ती बिश्वासीको तिज मिलान



सैघाली खबर।
तुलसीपुर । ४ भदौ।
तुलसीपुर उपमहानगरपाकिला ८ मा रहेको राप्ती बिश्वासी बचत तथा ऋण सहकारी संस्थारफिकोलले एक कार्यक्रम गरि तिज मिलन गरेको छ ।

संस्थाकी महिला सदस्य एबं महिला संयोजक दिपा केसीको अध्यक्षता तथा सल्यान त्रिबेनी गाउपालिकाका अध्यक्ष मान बहादुर डाँगीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर खड्का, सल्लाहकार माधब प्रशाद लामिछाने, श्रीधर आचार्यको बिशिष्ट आतिथ्यमा अश्वारा माबिमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्ताहरुले तीज लाई भट्किालो , खर्चिलो नबनाउन आग्रह गरेका थिए । साथै तीजमा गरिने अनाबश्यक खर्च बचत गरी बाढीपीडितलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । साथै रफिकोलमा बचत गरी शेयर सदस्य बन्न आग्रह गरेका थिए ।

संस्थाका सदस्य युवा समिति संयोजक शुरेस आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा धन्यबाद संस्थाकी उपाध्यक्ष कमला सापकोटाले गरेका थिए । कार्यक्रमको सहजीकरण सहसचिब रञ्जन कुमार गौतमले गरेका थिए ।

यस्तै हलवार स्वास्थ्य चौकी अन्तरगतका स्वायंसेवीकाहरुले तिज मिलान कार्यक्रम गरेका छन् । स्वायंसेवीकाहरुले त्यस अबशरमा बाढीपीडितलाई तीन हजार सहयोग संकलन समेत गरेका छन् । जिल्लामा बाढीले गर्दा पीडित बनेको भन्दै उनीहरुको राहातका लागि सहयोग संकलन गरिएको हो ।

साथै त्यहाँका जनप्रतिनिधिहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण चित्रा गिरी र भरत खड्काले गरेको बिकल केसीले जानकारी दिए ।

तुलसीपुर बिपी चोक स्थित लोकपृय लेडिज एण्ड बेबी कलेक्सनले दाङका बाढी पीडितहरुका लागि सहयोग हस्तान्तरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पसल सञ्चालक घनश्याम डाँगीले २० हजार बराबरका लत्ता कपडा तथा ५ हजार नगद सहयोग गरेका हुन् ।

पसलका सञ्चालक डाँगीले आफ्नो सानो सहयोगले बाढीपीडितलाई ठुलो सहयोग पुग्ने भन्दै सक्दो सहयोग गरेको बताए । कसैलाई दुःख पर्दा सहयोग गर्नु नै ठुलो धर्म हुने भन्दै सहयोग बाढीपीडितका लागि सहयोग संकलन गर्न सबैलाई आग्रह पनि गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्