असाह्य  बालबालिकालाई सहयोग



दिपक बोहरा,
तुलसीपुर ४ भदौ ।
छोराको चौथो स्मृतीमा बिजौरीका असाह्य बालबालिकाहरुलाई शैक्षिक तथा दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक क्षेत्रीय कार्यालय नेपालगंजका उपप्रमुख बुद्ध प्रकाश सिंह र मिरा सिंहले छोरा ईसान सिंहको स्मृतीमा समाग्री प्रदान गरिएको हो ।

तुलसीपुर ४ निबासी सिंह परिवारले असहाय बाल बिकास नेपाल बिजौरी दाङका १४ जना बालबालिकाहरुका लागि ४ दर्जन पेन्सील, ४ दर्जन कपी, एक क्वीन्टल चामल, ५ किलो दाल, ४ दर्जन बिस्कुट प्रदान गरेको हो ।

६ बर्षको कलिलो उमेरमा छोरा ईसानलाई गुमाएको चौथो स्मृतिमा असहाय बालबालिकाको भबिष्यका लागि शैक्षिक तथा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको पारिवारीक स्रोतले बताएको छ ।
बालबालिकालाई ईसानका मामा राप्ती मनिट्रान्सफरका सञ्चालक किरण पुनले सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यस अबशरमा शैक्षिक तथा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गर्ने सिंह परिवारलाई असहाय बाल बिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले धन्यबाद ब्यक्त गर्नुका साथै छोरा ईसान प्रति हार्दिक श्रद्धासुमन अर्पन गरेका थिए । साथै उनले असाह्य बालबालिकाको उज्वल भबिष्यका लागि आफुले रातदिन खटिएको बताए । ​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्