प्रगतीसिल टोलको अध्यक्षमा गिरी



दिपक बोहरा,
तुलसीपुर,४ भदौ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित प्रगती सिल टोल विकास संस्थाको अध्यक्षमा प्रेम प्रकास गिरी चयन गरिएका छन् । भेलाले गिरीको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।

दुईवर्षे कार्यकालका लागि गठित उक्त समितिको वरिष्ठ उपाध्यक्षमा मञ्जिच वाँठा, उपाध्यक्षमा जितेन्द्र डाँगी र प्रेम डाँगी, महासचिवमा वेद प्रकाद वली , सचिवमा टिकाराम पुन र कोषाध्यक्षमा रणविर खत्रीलाई सर्वसहतिवाट चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा कुमम खड्का, कृष्ण वली , जनक गिरी, ललिता वली , पवित्रा केसी , मुन्नी डाँगी, आषिराम वली र तारक छिनाललाई चयन गरेको छ ।

प्रगती टोलले आफ्नो सल्लाहकाकारहरुमा नारायणवहादुर कँवर, प्रेमराज वली, तीलक राज डाँगी, खिमप्रशाद कँडेल र बेलमती डाँगीलाई चयन गरेको छ । प्रगती शील टोल विकास संस्थाका पूर्व अध्यक्ष प्रेमराज वलीको अध्यक्षमा शुक्रवार भएको उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आथित्यमा भएको चन्द्रवहादुर वलीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्