समाचार

स्थानीय पहिरोका कारण विस्थापित

By थाहा अनलाइन

August 20, 2017

सैघाली खबर, रोल्पा ,४ भदौ। पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका वडा नं। १ सेरमको झंकीगाउँका स्थानीय पहिरोका कारण विस्थापित भएका छन् । गएको ४ वर्षदेखि पटक पटक पहिरो जाँदा अहिलेसम्म १९ परिवार विस्थापित भइसकेका छन् ।

विस्थापित परिवारले सुरक्षित स्थानमा घर बनाउन थालेपनि पहिरो बढ्दै जाँदा अहिले सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । गएको साउनमा मात्रै पहिरोका कारण दुई परिवार विस्थापित भएका छन्