समाचार

नयाँ शक्तिका रामचन्द्र झा माओवादी केन्द्रमा

By थाहा अनलाइन

August 20, 2017

सैघाली खबर, काठमाडौं, ४ भदौ। नेता रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्ति पार्टी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले झा र शर्मालाई पार्टी प्रवेश गराएका हुन् ।

ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायत पनि माओवादी केन्द्रमा फर्किएका छन । यसअघि उनीहरु माओवादी केन्द्र छाडेर नयाँ शक्ति र नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।