दलित संघर्ष समितिद्धारा सम्मान



सैघाली खबर
दाङ, ४ भदौ । दलित संघर्ष समिति दाङले जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपाली र सदस्य लोका विश्वकर्माको स्वागत एवं सम्मान व्यक्त गरेको छ । संघर्ष समिति दाङले घोराहीमा एक कार्याक्रमको आयोजना गरि स्वागत एवं सम्मान गरेको हो । संयुक्त राजनितिक दलित संघर्ष समिति दाङका पूर्व अध्यक्ष समेत रहनु भएका नेपालीलाई दलित आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै स्वागत एवं सम्मान गरिएको होे । त्यस अबसरमा वोल्ने वत्ताहरुले संघर्ष समितिमा रहदा दलित आन्दोलन दलित समुदायको अधिकार स्थापित गर्न नेपालीले खेलेको भुमिका महत्वपूर्ण रहेको वताउनुभयो ।


त्यस अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल दलित संघका केन्द्रिय सदस्य एवं उत्पीडत उपेक्षित दलित बर्ग उत्थान विकास समितिका पूर्व सदस्य समेत रहनु भएका विश्वकर्माले संघर्ष समितिले नयाँ आयाम थपेको वताउनुभयो । नेपाली समाज रुपान्तरको चरणमा रहेको वताउँदै एउटा दलितको छोरो जिल्ला समन्वय समितिको सभापति हुनु आफैमा महत्वपूर्ण रहेको वताउनुभयो । नेपालको सबै आन्दोलनमा दलित समुदायले उलेख्य भुमिका निर्वाह गरेको वताउँदै अव राज्यले समानुपाति समावेसीका आधारमा अगाडी बढाउनु पर्ने वताउनुभयो । हरेक निर्वाचन क्षेत्रमा दलित समुदायका एउटा निर्वाचन क्षेत्र निश्चित गर्नु पर्ने भन्दै त्यसका लागि सबैले भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।


त्यस अबसरमा बोल्दै जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले दाङको समग्र दलित समुदायको अधिकार स्थापित गर्नका लागि भुमिका निर्वाह गर्ने वताउनुभयो । दलित संघर्ष समिति दाङका सदस्य एवं नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य निर्माला विकको स्वागत मन्त्वय बाट सुरु भएको कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत, जिल्ला समन्वय समिति दाङका सदस्य लोका विश्वकर्मा, नेपाल दलित संघ दाङका पूर्व उपाध्यक्ष बावुराम विक, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा दाङका अध्यक्ष जगत दलामी, जातीय समता समाजका सचिव वलदेव विश्वकर्मा, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । दलित संघर्ष समिति दाङका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव जनक नेपालीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्