सार्वजानिक कार्यक्रममा गाली गरे सिडियो लाई मन्त्रीले



सैघाली खबर
दाङ ४ , भदौ
भुमि सुधार तथा व्यावस्था मन्त्री डा. गोपाल दहितले प्रमुख जिल्ला अधिकारी लाई सार्वजानिक रुपमा गालाीगलोच गरेका छन । आईतवार नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित मुक्त कमैया परिचयm पत्र वितरण समारोहमा मन्त्री दहितले दाङका प्रमुख जिल्ला अधिकार गजेन्द्र वहादुर श्रेष्ठ लाई अपमान पुर्ण व्यावहार गरेका छन ।

आफु चढ्ने गाडीमा नेपालको राष्ट्रिय झण्डा नराखिदिएको आरोप लगाउदै सार्वजानिक रुपमा अपमान पुर्णं तरिकाले गाली गरे । दाङ आउनका लागि एर्पाेटमा झण्डा सहितको गाडी नपठाएको आरोप लगाउदै मन्त्री दहितले प्रमुख जिल्ला अधिकारीले आफुलाई अपमान गरेको भन्दै सार्वजानिक रुपमा अपशव्द प्रयोग गर्दै गाली गरेको थिए । मन्त्री दहितले प्रमुख जिल्ला अधिकारीको पदिय र नैतिक मर्यादाको अस्तित्व मेट्ने गरी सार्वजानिक रुपमा अपमान पुर्ण व्यावहार गरेका हुन ।

तर प्रमुख जिल्ला अधिकार गजेन्द्र वहादुर श्रेष्ठले गाडी चालकले झण्डा राखौ भन्दा आफैले झण्डा पर्दैन भने पछि उक्त गाडीमा कार्यकर्ताहरु राखेर लिएको उनले वताए । चालकले कार्यकर्ता लिएर हिडेको छु भने पछि तुरुँन्तै झण्डा सहितको गाडी पठाए पनि मन्त्री दहित आफै रातो नम्वरप्लेडको गाडीमा चढेको उनले वताए । पटक पटक आग्रह गर्दा समेत मन्त्री दहित झण्डा राखेका गाडीमा नचढेको वताउदै उनले भने–मन्त्रीको स्वागत सम्मानका लागि कतै केहीm तलमाथी भयो होला ? तर सार्वजानिक रुपमै प्रमुख जिल्ला अधिकारीको अस्तित्व नै मेट्ने गरी गालीगर्दा आफुले अपमानित व्यावहार खेप्नु परेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्