आर्थिक

आजको विनिमयदर कुन देशको मूल्य कति छ?

By थाहा अनलाइन

March 03, 2019

काठमाडौँ । आज आईतबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य घटेको छ। शुक्रबारको तुलनामा आज प्राय सबै देशको मूल्य घटेको हो।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ६९ पैसा छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३७४ रुपैयाँ ६४ पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ७५ पैसा रहेको छ।