यसरी घरमै बनाउनुहोस मसरुम पास्ता



पछिल्लो समय पाहुनाको स्वागतको लागि समेत म्याकरोनी पास्ता बनाउने गरिन्छ , जुन बनाउनको लागि छिटो र सजिलो छ । म्याकरोनी स्वादिष्ट र भोक मेटाउनको लागि समेत राम्रो हुन्छ।पास्ता विभिन्न देशमा विभिन्न तरिकाले बनाइन्छ ।घरमै मसरुम पास्ता निम्न तरिकाले बनाउन सकिन्छ

सुरुमा एउटा भाँडोमा पानी बसाल्नुहोस् ।

पानी उम्लिसकेपछी त्यसमा आवश्यक मात्रामा पास्ता राख्नुहोस् ।

त्यसलाई पाँच मिनेटसम्म छोपेर पकाउनुहोस् ।

पाकिसकेको पास्तालाई पानी छानेर एउटा सुक्खा भाँडोमा राख्नुहोस् ।

त्यसपछि एउटा भाँडोमा तेल तताउनुहोस तेल तातेपछि त्यसमा लसुन, अदुवा, हरियो खुर्सानी, प्याज राखेर चलाउनुहोस् ।
अब २ सय ग्राम मसरुम धोएर काट्नुहोस

व्हाइट सस : २ कप, नुन मरिच स्वादअनुसार राखेर चलाउनुहोस् ।
लसुन खैरो भएपछि मसरुम हालेर भुट्नुहोस । त्यसमा पास्ता हाली व्हाइट सस, नुन, बटर,मरिच तथा ओरिगानोका साथ पकाउनु होस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्