कुशे औंशी, बुवाको मुख हेर्ने दिन स्धार्मीक र वैज्ञानिक महत्व



सैघाली खबर
काठमाडौं, भाद्र ५


मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।। अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ । चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलार्इ कर्म दिने अनि सुरक्षा दिने बुवा।।। शायद शब्दले ब्याख्या गर्न सकिन्न ।

तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला १ जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

हरेक धर्ममा आआफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई स्मृती । बढ्दो आधुनिकतासँगै वूवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर वूवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौँ तसर्थ हामीले जे गछौँ त्यहीनै पछि प्राप्त गर्दछौँ, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दैगएको छ ।

बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने वुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलार्इ जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र ररु सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।
कुशे औंशीको धार्मीक महत्व
किन र कहिले देखी मनाईन्छ कुशे औंशी के छ कुश को वैज्ञानीक,धार्मीक र आयुर्वेदीक पक्ष रु सोमवारे औंशी को महीमा तथा बुवा को मुख हेर्ने दिन कती छन् कुशका प्रकार स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । सनातन संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भुमिका भएको पवित्र बनस्पती हो जसको बैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । बैज्ञानीक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो ।

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने बनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य बनस्पती हो । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णु पुरानमा समेत वर्णन गरिएको छ ।

हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधुनीकता को खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् । यस्तै एउटा प्रयोगका क्रममा एकमुठा कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो ।

यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन बिज्ञानको अभिलेख र व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । कुशको दाहिने हातको औंलामा औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरगं र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

copy by hamropatro,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्