​ववई गाउपालिकाका बाढीपीडितलाई राहात



सैघाली खबर
दाङ ५ भदौ 

 


ववई गाउपालिकाका बाढी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । जिल्ला दैबी प्रकोप उद्धार समितिको संयोजन, सिसा नेपालको आयोजना, कारितास नेपालको आर्थिक सहयोग तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, नेपाल रेडक्रस सोसाईटी , खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलगायतका संस्थाको सहयोगमा त्यहाँका ५१ घरपरिवार बाढीपीडितलाई राहात सामाग्री हस्तान्तरण गरिएको हो । बबई गाउपालिकाका ७ वटै वडाका बाढीपीडितहरुलाई दैनिक उपभोग्य सामान, लत्ताकपडा, ओढ्ने, ओछ्याउने सामाग्री वितरण गरिएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले घर बगाएर अर्काको घरमा बस्दै आएका बाढीपीडितलाई कारितासले उपलब्ध गराएको चामल, दाल, दालमोठ, तेल, नुन, चाउचाउ, बिष्कुट, चिउरा, चिनि, चियापत्ति, चना, चटकी, टर्चलाईट , तन्ना, छाता, फिल्टर उपलब्ध गराएको हो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी दाङले उपलब्ध गराएको कम्बल, तारपोलिन, सारी, जिनको कपडा, पप्लीन, छिट, खाना पकाउने भाँडाको सेट, बाल्टिन , महिला बिकास तथा युएनडिपीले बाढीपीडित महिलाहरुलाई उपलब्ध गराएको सारी, बलाउज, प्यान्टी, प्याड, साबुन, ब्रस, सल , टाबेल, म्याक्सी, टर्चलाईट बितरण गरिएको थियो । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय दाङ तथा युनिसेफले उपलब्ध गराएको झुल, जिल्ला खानेपानी कार्यालयले उपलब्ध गराएको पानी छान्ने, पानी सुद्धिकरण गर्ने किट, साबुन, बाल्टी, मग बितरण गरिएको हो ।

राहात सामाग्री वितरणका लागि साहयक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्र मान नेपाली , सीसा नेपाल दाङकी अध्यक्ष साजिदा सिद्धिकी, ववई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल ,उपाध्यक्ष साबित्रा बिकल, कारितास नेपालका तेज बहादुर बस्नेत, महिला बिकासकी बिश्वमाया जोसी,सिसा नेपालका बिष्णु कुमार देबकोटालगायतको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्