ओहो ! राजमाको यति धेरै फाइदा ?



राजमा स्वास्थ्यको हिसाबले उत्तिकै गुणी खानेकुरा हो ।राजमा गेडा-गुडी अन्तर्गत पर्दछ। आइरन तथा भिटामिनले भरिपूर्ण राजमाले सम्पूर्ण शरीरलाई पोषण प्रदान गर्छ । साथै, यसमा रहेको एन्टीएजिङ तत्वले उमेरको प्रभाव कम गर्नुका साथै अनुहारलाई सुन्दर देखाउँछ । यसबाहेक, पनि राजमाका अन्य धेरै फाइदा छन्, जसको सेवनले अनुहार लामो समयसम्म जवान देखिन मद्दत गर्छ ।
उमेरको असर कम गर्छ

राजमामा लो फ्याट प्रोटिन हुन्छ । त्यसैले, यो मुटु सम्बन्धि रोगमा निकै लाभकारी मानिन्छ । यसमा रहेको प्रोटिन नामक तत्वले क्यान्सरसित लड्न तथा उमेरको प्रभाव कम गर्न मद्दत गर्छ । राजमामा पाइने भिटामिन ‘ए’ले अनुहारलाई जवान राख्छ । यसले उमेर सम्बन्धि समस्यालाई पनि कम गर्छ । नियमित रुपमा यसको सेवनले आफै बदलाव महसुस गर्न सकिन्छ ।

विभिन्न औषधीमा प्रयोग हुन्छ

रुमेटिक आर्थराइटिस तथा पिशाब सम्बन्धि समस्याको औषधी बनाउन राजमाको प्रयोग हुन्छ । राजमामा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ । शरीरको कोशिकाको मर्मतका लागि एन्टीअक्सिडेन्ट राम्रो मानिन्छ । यसको सेवनले शरीरको विषाक्त हट्नुका साथै छाला चम्किलो हुन्छ ।

क्यान्सरबाट बचाउँछ

राजमामा फ्लेवोनाइड्सको साथमा केम्पफ्रेल र क्युरेस्टिन हुन्छ जसले क्यान्सरको कोशिकालाई बढ्नबाट रोक्छ । सातामा तीन देखि चार पटक राजमाको सेवनले महिलालाई स्तन क्यान्सरको समस्या हुनबाट बचाउँछ । सिमित मात्रामा राजमाको सेवनले पाचन कि्रया चुस्त हुनुका साथै पेट सम्बन्धि समस्या हुने सम्भवना कम हुन्छ ।

गर्भावस्थामा लाभदायक

गर्भावस्थामा राजमाको सेवनले गर्भमा रहेको शिशुको मुटुको विकास सही तरीकाले हुन्छ । विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार यसले शिशुलाई आज्माबाट पनि जोगाउँछ । यसबाहेक, यसले स्किनमा चमक ल्याउँछ ।

महिनावारी सम्बन्धि समस्या

राजममा फ्याट्स तथा कोलेस्ट्रोलको मात्रा कम हुन्छ भने भाइबर तथा प्रोटिनको मात्रा धेरै हुन्छ । नियमित रुपमा यसको सेवनले महिलाका महिनावारीका क्रममा हुने समस्याबाट राहत मिल्छ । रजनोवृत्तिको समयमा महिलाहरुलाई राजमा निकै जरुरी हुन्छ ।

मधुमेह

राजमाको ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुन्छ । त्यसैले, यसको सेवनले रगतमा चिनीको मात्रा बढ्दैन । बरु यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ । त्यस्तै, यसमा रहेको क्याल्सियम, म्यागनीजले हड्डीलाई मजबुती प्रदान गर्छ भने यसमा रहेको म्याग्नेसियमले मुट सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्