नेपाल पत्रकार महासंघको २५औं महाअधिवेसनमा आज मतदान



 

सैघाली खबर

काठमाडौं , भाद्र ५

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाअधिवेसनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । महाअधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । हिजो नै उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ ।नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ ।गठबन्धनबाट अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार हुनुहुन्छ भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ । बाँकी अरु ३ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् ।

 

 

उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ ।

महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाण्डौं आएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूचीअनुसार महाधिवेशनमा स्वदेशबाट एक हजार ५०८ र प्रवासबाट ८ जना मतदाता सहभागि छन् ।मतगणना मतदान सकिएलगत्तै गरिने छ ।

तंजली योग समिति दाङका महासचिव विनोदकुमार चौधरीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्