मुक्त कमैयाहरु भन्छन ‘परिचय पत्रले मात्रै के न्याय दिलाउला र ?’



गिरिराज नेपाली
दाङ ५ , भदौ
‘त्यो दासताको भोगाई र पिडा कि हामी थाहा छ । कि भगवान लाई नै थाहा होला ? ’ तर राज्यले न हाम्रंो पिडा बुझ्यो , न अझै सुनेको छ । बलबल मुक्ती४ वर्ष पछि एउटा आधार दियो । त्यो पनि अधुरो छ । बरम्बार अधिकारको माग गर्दै आईरहेका हामी मुक्त कमैयाहरु अझै अधिकार र न्यायको पर्खाईमै छौ । तर न राज्यले हाम्रा कुरा सुन्छ , न हामी लाई चिन्छ । मुक्ती भएको वर्षाै वितिसक्यो बल्ल कमैया परिचय पत्र दियो । तर अव बल्ल न्याय दिन्छकी भन्ने आशा जागेको छ । तर परिचय पत्रको आधारले मात्रै के न्याय पाउला र ? राज्यले परिचय पत्र संगै मुक्त कमैयाहरुले पाउन पर्न अधिकार र सेवा पनि ग्यारेन्टी गर्न सकेको भए पो कमैयाहरु प्रतिको सच्चा न्याय अनुभुती हुने थियो । यो फेरी झुक्याउन र छक्याउने खेल पो हो शंका लाग्छ । भन्दै पुर्व कमलहरी एंव कमलहरी अभियान्ता उर्मिला चौधरीले परिचय पत्रले मात्रै मुक्त कमैयाहरु न्याय दिलाउन नक्सने वताएकी छिन । उनले भनिन – कमैया मुक्त संगै राज्यले हामी संग १० वुँदे सम्झौतामा हस्ताक्षर गरेको थियो । तर आज ति सम्झौताहरु पल्टाउदा राज्यले टाउको लुकाउछ ।

ति सम्झौताहरु वारे राज्य अझै अनविज्ञ छ । उनले भने ४÷४ वर्ष ‘हुन्छ र गरौला’ भन्दैमा बिताई दिए । तर ढिलै भए पनि कमैयाहरु लाई कमैया परिचय पत्र दिए । न्याय पाउछौ कि ? भन्ने थोरै आशा पलायो छ । राज्यले कमैया कमलहरीहरु अधिकार सम्पन्न वनाउन ढिलै भए पनि केही प्रयास गरेको छ । तर सवै थोक परिचय पत्र मात्रै नभई अझै राज्यले कमैया कमलहरीहरु उचित शिक्षा , स्वास्थ्य र रोजगारको व्यावस्था गर्न वाँकी नै छ । चौधरीले भनिन – ‘सवैथोक परिचय पत्र मात्रै होईन । तर केही नभएको पनि होईन । ’ परिचय पत्रका आधारमा मुक्त कमैयाहरुका उचित छात्रवृत्ति सहितको रोजगार , आवास सुरक्षाको व्यावस्था गरिनु पर्छ । तव मात्रै मुक्त कमैयाहरुले राज्य वाट न्याय अनुभुती पाउन सक्छन । अझै पनि मुक्त कमैयाहरु खोला बगर , एैलानी जग्गा र वनको क्षेत्रमा वसोवास गर्दै आईरहेका छन । कतिपय वालवच्चाहरु शिक्षा वाट विमुख भई श्रममा जोतिन पुगेका छन । कतिपय औषधी उपचार गर्ने पैसा नभएर मृत्यु मुखमा पुगेको छन । भने कतिपय मृत्युवरण समेत भई सकेका छन ।

राज्यले परिचयत त दियो , तर हामीले यो परिचय पत्रका आधारमा के कस्ता सरकारी सेवा र अधिकार पाउछौ । त्यो कुरा अझै प्रष्ट्र भएका छैनौ । परिचयm संगै अधिकार र सेवाका कुरा पनि राज्यले निर्धारण गरी मुक्त कमैयाहरुले न्यायको सास फेर्न थियौ । तर परिचय पत्रले मात्रै हामी लाई के नै राहात र न्याय दिन सक्ला र ? भन्दै पुर्व कमलहरी एंव मुक्त कमलहरी विकास मञ्च दाङकी अध्यक्ष सुनिता चौधरीले गुनासो गरिन । ‘यो नपाउदा पनि दुखी थियौ । पाउदा पनि दुखी र खुसी वरावर छ । ’ परिचय सहितको राज्यले अधिकार र उचित राहातको व्यावस्थापन गरेको भए हामीले पढ्न लेख्न , आफ्नै जग्गामा घर वनाई वस्न सक्थ्यौ । दाङ सहित पश्चिम नेपालको ५ जिल्लाका ९ हजार , ४ सय ,४२ जना मुक्त कमैयाहरु कमैया परिचय पत्र वितरण गरिदै छ ।

दाङमा २ हजार ९ सय ४२ , वाँकेमा ५ सय ३० , वर्दिया २ हजार , ४ सय ९५ , कैलालीमा २ हजार , ७ सय ६७ र कञ्चनपुरमा ७ सय ४१ जना लाई वितरण गर्न लागिएको छ । परिचय पत्र वितरण गर्दै भुमि सुधार तथा व्यावस्था मन्त्री डा . गोपाल दहितले राज्यले साँच्चिकै कमैयाहरु माथि विभेद र अन्याय गरेको आरोप लगाएका छन । उनले भने–मूक्ती भएको ४÷४ वर्ष सम्म्म कमैयाहरु लाई राज्यले परिचय पत्र दिन नसक्दा मुक्त कमैयाहरु पहिचान विहिन अवस्थामा वाँचिरहनु परेको उनले वताए । तर कमैयाहरुको लागि जुन विभेद र अन्याय छ । अव त्यो व्यावहारको अन्त्य भई अधिकार सम्पन्न सहित कमैयाहरु लाई राज्यले शिक्षा , स्वास्थ्य र रोजगारको उचित व्यावस्था गरिनु पर्ने वताए । पहिचान विहिन कमैयाहरुले आफ्ना पहिचान पाईसके अव अधिकार लाई सडक देखी सदन सम्ममा कमैयाहरु एकता वद्ध भई उत्रनु पर्ने उनले वताए ।

संघ र प्रदेशको निर्वाचन एकै समयमा असम्भव ः मन्त्री दहित
भुमि सुधार तथा व्यावस्था मन्त्री डा. गोपाल दहितले प्रदेश र संघको निर्वाचन एकै पटक असम्भव रहेको वताएका छन । आईतवार दाङको घोराहीमा मुक्त कमैया परिचय पत्र वितरण समारोह लाई सम्वोधन गर्दै मन्त्री दहितले प्रदेश र संघको निर्वाचन एउटै मितिमा सम्पन्न गर्न सरकारले तयारी गरिरहेको समाचारहरु सञ्चार माध्यम मार्फत सार्वजानिक भईरहेकाले त्यो दुई वटा निर्वाचन एउटै समयमा गर्न असम्भव रहेको वताएका छन ।

प्रदेश न. २ मा अझै स्थानिय तहको निर्वाचन हुन नसकेकाले सरकारले प्रदेश न. २ को स्थानिय तहको निर्वाचनका लागि ध्यान दिन दहितले आग्रह गरे मधेसवादी दल र थरुहटका माग पुरा गरी प्रदेश न. २ स्थानिय तहको निर्वाचन सम्पन्न गरी संघ र प्रदेश दुई चरणमा गरी निर्वाचन गर्न सकिने उनले वताए । उनले भने – सघ र प्रदेश निर्वाचन एकै पटक गर्छाै भनि सरकारले प्रचारवाजी गफ झर्केको जनता भ्रमित पार्ने मात्रै काम गरेको उनले वताए ।

फुस्रा र झुठठा कुरा गरी जनता लाई भ्रममा पारी नेपाली जनता माथि घात गर्न खोजेकाले आफ्ना लागि कदापी त्यो मान्ने नहुने चेतावानी दिएका छन । उनले भने – यदी जनता माथि घात गर्ने खोजेमा विगतको ईतिहास नेपालमा पुनः नदोहारीएला भन्न सकिदैन । त्यस्तै मन्त्री दहितले न्यायको पर्खाईमा रहेकाले मुक्त कमैयाहरु न्याय दिलाउने वताए ।

जिल्ला भुमि सुधार कार्यालय दाङका निमित्त प्रमुख नारायण प्रसाद पोखरेलेको अध्यक्षता एंव भुमि सुधार तथा व्यवास्था मन्त्री डा. गोपाल दहितको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठ , जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली र घोराही उप–महानगपालिका प्रमुख नरुलाल चौधरी लगाएतकाले भनाई राखेको थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्