बाढीका कारण २० विद्यालयमा क्षति



गिरिराज नेपाली
दाङ ५ , भदौ
यही साउन २७ गते देखी २९ गते सम्मको लगातारको वर्षातका कारण दाङमा २० सामुदायिक विद्यालयमा पुर्ण क्षति पुगेको छ । भने करिव ३ हजार वालवालिका प्रभावित भएका छन । 

जिल्ला शिक्षा कार्यालय दाङका अनुसार बाढीका कारण नेपाल राष्ट्रिय आधारभुत विद्यालय विद्यालय बैसेरी , श्री जनशक्ति प्रावि विजयनेटा , श्री जनता मावि हंसपुर , श्री जनविकास प्रावि घट्टेखोला जनज्योती प्रावि ओदाले , जनता प्रावि देलिचौर , सिर्जनशिल प्रावि क्युरेली , जनकल्याण मावि पदमपुर , अम्वेश्वरी मावि अम्वापुर , गौरीशंकर निमावी भैसाहीनाका ,वालतारा निमाववी उत्तर मजगाँउ देउखुरी , प्राविगोठी बन छापडाँडाँ , बालमितेरी मावि भोजपुर , मावि भित्रि संक्राम , आधारभुत मावि खोसापुर , जनता प्रावि वयाले , सरस्वती मावि बाघमारे , जनजागृती लमडाँडा र मावि कालाखोला रहेका छन । वाढीका कारण विद्यालयका भवन , शैक्षिक सामाग्री फर्निचर ,खानेपानी र शौचालयमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिल्ला शिक्षा कार्यालय दाङ जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका अनुसार वाढीका कारण २८ , २९ , ३० , ३१ र ३२ गते विद्यालयहरु बन्द रहे पनि भदौ १ गते देखी नियमित विद्यालयमा पढन पाठन सुरु भएका जानकारी दिए । वाढीका कारण २० वटा विद्यालय क्षतिग्रस्तका कारण करिव २५ देखी ३ हजार वालवालिका प्रत्यक्ष प्रभावित वनेको प्रारम्भीक तथ्याङ रहेको मैनाली जानकारी दिए ।

वाढीका कारण कतिपय विद्यालयको भवन , पर्खाल , शौचालय , खानेपानी ट्याङकी भत्किएका छन । भने कतिपय जोखिम पुर्ण अवस्थामा रहेको मैनाली जानकारी दिए । वाढीले शेीषक सामाग्री वगाई दिएको छ भने कतिपयमा भिजेर काम नलाग्ने भएको उनले वताए । विद्यालय अत्याधिक क्षति पुगे पनि विद्यालयको क्षति विवरण संकलनमा कसैको ध्यान नपुगेको उनले वताए । तुलसीपुर , घोराही उप–महानगरपालिका , बबई गाँउपालिका , दंगिशरण गाँउपालिकामा गरी २० विद्यालयहरुमा क्षति पुगे पनि त्यस ३ हजार वालवालिका प्रत्यक्ष प्रभावित वनेको उनले वताए । उनले भने –कतिपय घर भत्किएकाले विद्यालय आउन सकेका छैनन । कतिपयका शिक्षण सामाग्री , ड्रेस , झोला वगाई दिएको छ । कतिपय वाढीका कारण सरवा जन्य प्रकोपको शिकार भएका छन । भने कतिपय वालवालिकाहरु वाटो घाटोका कारण विद्यालय पुग्न सकेका छैनन । वाढी गएको करिव हप्ता दिन वित्न लाग्यो । तर अझै विद्यालय पुनः निर्माण वालवालिकाको पढ्न पाउने अधिकार वारे न विद्यालयले चाँसो दिएका छन । न अन्य सहयोगी निकाय वा सम्वन्धीत कार्यालयले नै , तर वाढीका कारण ३÷४ दिन विद्यालय बन्द रहे पनि हाल सुचारु अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए ।

विद्यालय भित्र पानी पसेर हिलाम्मे हुदा खुल्ला चौरमा पनि नियमित पठनपाठन सुचारु भईरहेको उनले वताए । प्राविगोठीपानीको भवन भत्किएकाले चौरमा पठनपाठन भईरहेको छ । खानेपानी पाईप वगाउदा खानेपानीको समेत हाँहाँकार भएको मैनाली वताए । वाढी प्रभावित क्षेत्रमा अधिकाश विद्यालयकाहरुको भवन , शौचालय र खानेपानकिा क्षति पुगेकाले वालवालिकाहरु खानेपानी र शौचालयको मारमा संगै खुल्ला चौरमा पठनपाठन गर्न वाध्य रहेको मैनालीले वताए । उनले भने – नियमति पठनपाठन सुचारु भईरहेका छन । तर निकै जोखिम र कष्ठकरता व्याहोर्नु परीरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्