मुख्य समाचार

​संविधान संशोधन प्रस्तावमाथि आज मतदान

By थाहा अनलाइन

August 21, 2017

सैघाली खबर, काठमाडौं, ५ भदौ । – संविधान संशोधन प्रस्तावमाथि संसदमा सोमबार मतदान हुँदैछ । तर संशोधन प्रस्ताव पारित हुने सम्भावना निकै कम देखिएको छ । प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्र रहेको छ । संसोधन प्रस्तावको पक्षमा दुईतिहाई पुर्‍याउन थप २२ सांसद अपुग देखिएको हो ।

१४ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन प्रस्तावको विपक्षमा उभिने आइतबार नै निर्णय गरिसकेको छ ।

संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाइसकेको छ ।