नगर क्षेत्रमा घर भत्कीएकालाई राहत बितरण



सैघाली खबर,  

घोराही, ५ भदौ।
घोराही उपमहानगरपालिका भित्र बर्षापछि डुवानमा परेका र घर भत्कीएका परिवारलाई रातह बितरण गरिएको छ । सरकारी तथा गैरसरकारी निकायहरुको सकृयतामा १४ घरधुरीलाई खाद्य तथा गैरखाद्य राहत सामाग्रिहरु बितरण गरिएको हो ।

खानेपानी कार्यालयबाट सरसफाई सामान, महिला तथा बालबालिका कार्यालय र युनिसेफबाट झुल, व्ल्याङकेट, बाल्टी सहयोग उपलब्ध गराएका छन् । साथै करितासको सहयोगमा सिसा नेपालले खाद्यान्न सहित फिल्टर, तन्ना, झुल सहितका सामाग्रि गरि प्रतिघर साढे सात हजार रुपैयाँ बराबरको राहत सामाग्रिहरु पिडितिहरुलाई प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरि पिडितहरुलाई सामुहिकरुपमा राहत सामाग्रिहरु उपलब्ध गराएको हो । घरभत्कीएका गुमान कार्की, खुसीराम चौधरी, पवित्रा गिरी, ताराबहादुर विक, भागु् चौधरी, गोपालबहादुर कामी, पोमबहादुर डाँगी, दामोदर रावत, भिमबहादुर केसी, हुर्मत रावत, ईन्द्रबहादुर घर्ती, जोहारीबहादुरी रावत र महेश चौधरीलाई राहत सामाग्रिहरु प्रदान गरिएको हो ।
नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा पिडितहरुलाई राहत प्रदान गरिएको हो ।
स्थानिय विकास अधिकारी कुलबहादुर जीसी, प्रहरी प्रमुख एसपी दुर्गा सिंह, गणपति राजन बुढाथोकी, महिला तथा बालबालिका कार्यालयमा प्रमुख बिश्वमणि जोशी, उपमहानगरका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको उपिस्थतीमा पिडितहरुलाई राहत दिईएको हो । राहत बिरतण कार्यक्रमको सहजिकरण वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्