डिआईजी नवराज सिलवालको राष्ट्रिय सुरक्षापरिषदमा सरुवा



सैघाली खबर,
काठमाडौं, ५ भदौ । डिआईजी नवराज सिलवालाई गृहमन्त्रालयले राष्ट्रिय सुरक्षापरिषदमा सरुवा गरेको छ ।

आईजीपी प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका सिलवालाई गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुरक्षापरिषदमा सुरुवा गरिएको हो ।

सिलवालका आफूसँगैका ब्याचका सहकर्मीहरू आइजीपी र एआइजी भइसकेका छन् । आईजीपी विवादका कारण मुद्दा सर्वोच्चमा रहेकाले सिलवालको बढुवा हुन सकेको छैन ।

प्रतिस्पर्धामा रहेका मध्ये एक प्रकाश अर्याल अहिले आइजी छन् । बमबहादुर भण्डारी सिआइडी, चन्द रानीपोखरीमा एआइजीका रुपमा पदस्थापन भइसकेका छन् ।

सिलवालको भने जुनियर डिआइजीहरूसँगै साउन ३२ गतेको निर्णय अनुसार सुदीप आचार्य सरुवा भएर खाली भएको ठाउँमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्