आज मोतीराम भट्टको जन्मजयन्ति दाङ लगाएत देशैभरी मनाइदै



सैघाली खबर,
दाङ,५ भदौ।
विसं १९२३ को कुशेऔंसी तिथिमा पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीका पुत्र रत्नका रूपमा जन्मिएका नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक मोतिराम भट्टको आज जन्मजयन्ति देश का विभिन्न ठाउँ मा विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए।

मोतिराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेस भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ।

आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

मोतीरामको साहित्यिक योगदानलाई सम्मान र कदर गर्दै विसं २०१० देखि नेपाली शिक्षा परिषद्ले मोतीजयन्ती समारोह मनाउँदै आएको छ । तत्कालीन सरकारले विसं २०१३ मा मोतीराम अंकित १० पैसे हुलाक टिकट प्रकाशमा ल्यायो । उनको सम्मान स्मृतिमा विसं २०४२ मा युवा वर्ष मोती पुरस्कारको स्थापना भयो ।

त्यसैअनुसार ४० वर्ष ननाघेका साहित्यका विभिन्न विधा उत्कृष्ट लेखनकला, संगीत, उद्यमी महिला, जेहेन्दार व्यक्तित्व, पर्वतारोही, सिर्जनशील युवा, आदिलाई मोती पुरस्कारबाट सम्मान गर्ने काम कायम छ ।

लगनशील र मेहेनती मोतीरामले १९५३ भाद्र कुशेऔंसी तिथिमै मृत्युवरण गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्