मुख्य समाचार

संघ र प्रदेशको निर्वाचन मंसिर १० मा गर्ने सरकारको घोषणा

By थाहा अनलाइन

August 21, 2017

सैघाली खबर, काठमाण्डौ ५ , भदौ । नेपाल सरकारले संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले रामर्शपछि प्रमुख दलहरु संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निष्कर्षमा पुगेका थिए। सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले अहिले १० गतेको मितिमा सहमति भएको बताए।

‘एक दुई चरण केहि भनिएको छैन। १० गते गर्ने भनेर निर्वाचन आयोगलाई लेख्ने भनिएको छ’, बैठकपछि बस्नेतले भने, ‘के गर्ने भन्ने निर्वाचन आयोगले गर्ला।’ मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। त्यस्तै, भ्रमणका क्रममा उठाउने विषयहरु समेत तय गरेको बस्नेतले जानकरी दिए।