धाराको पानीमा छैन भरपर्दौ शुद्धिकरण



गोविन्द खड्का
घोराही, ५ भदौ  ।
उपभोक्तालाई पुग्दो पानी धारामा खसाल्नु समितिका लागि ठुलो सफलता हो भन्नुहुन्छ भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शंकर गौतम । त्यहि सुविधा दिन सकेकैले पटक पटक गौतम संस्थाको अध्यक्षमा निर्वाचित हुनुभएको बताईन्छ । त्यति मात्रै सुविधा पर्याप्त भने होईन ।

बोरीङ र जरुवा संस्थाका पानी वितरण गर्ने श्रोत हुन् । जरुवामा कटुवा खोलाको भल मिसिन सक्छ । अध्यक्ष गौतमका अनुसार धमिलो आउदा सम्म पानी वितरण गरीदैन । त्यसलाई फालेपछिको सङलो धारामा पठाईन्छ । त्यसैलाई शुद्धिकरण गरेको भन्ने वा के भन्ने मात्रै हो । कहिले काहि व्लीचिङ पाउडर हाल्ने गरीएको गौतमले बताउनुभयो, त्यसले शुद्धीकरण भएको आफैले मान्नु हुन्न । उहाका अनुसार त्यसरी गरीएको शुद्धिकरण बेकार छ ।

त्यसैले उपभोक्ता आफै सचेत हुनुपर्छ । ‘उपभोक्ताले उमालेर, छानेर, सोडिस गरेर कसरी हुन्छ शुद्ध गरेर पानी खानुस भन्ने हो ।’ अध्यक्ष गौतमले भन्नुभयो, ‘हामिलाइ पानी पु¥याउनै कठिन छ । अन्त ध्यान दिएर गाली खानु छैन ।’

साना शहरीका योजना भएका ठाउमा टिटमेन्ट प्लान छ । अध्यक्ष गौतमका अनुसार त्यसमा पानी छन्ने सम्मको गतिलो सुविधा देखिन्छ । उपभोक्ता बाट मात्रै त्यति ठुलो रकमको योजना चलाउन सम्भव छैन । नेपाल सरकारले योजना दिदा नै शुद्धिकरण सहितको दिनुपर्ने गौतमको भनाई छ । खोलामा टंकि बनाएर जम्मा गर्ने र पाईप बाट वितरण प्रणालि मात्रै दिएर विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसारको पानी खुवाउन खानेपानी संस्थाहरुले सक्दैनन् । झण्डै एक हजार उपभोक्ता रहेको योजनामा पाचवटा सामुदायीक धारा र बाकि सबै निजि वितरण गरीएको छ ।

न्युनतम शुल्क १२ हजार लिटर सम्मको रु एक सय पचास लिने गरेको छ । नया धारा जडान गर्नेले विस हजार रुपैया बुझाउनु पर्छ । चौविस घण्टा भित्रै जडानको सुविधा छ ।
बोरिङ र सम्वेल श्रोत मार्फत चौघेरा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी वितरण गरेको छ । समितिका अध्यक्ष धु्रर्व योगीका अनुसार समवेलमा भल मिसिन सक्छ । त्यसलाई शुद्धिकरण गर्ने विधि छैन । अध्यक्ष योगिका अनुसार महिनामा एक दुईपटक र टंकि सफा गर्दा व्लिचिङ पाउडर हालीन्छ ।

त्यसबाहेक छान्ने सम्मको सुविधा छैन । ‘धारामा पानी खसेको ठुलो कुरा हो’ योगीले भन्नुभयो, ‘उपभोक्त आफैलाई शुद्धिकरण गरेर प्युनुहोला भन्ने हो ।’ उहाका अनुसार तिन सय जति धारा वितरण गरीएको छ । फोहर पानी भनेर कतैवाट गुणासो आएको छैन । उपभोक्ता खुशि छन् । नया धारा जडानमा २५ हजार लागछ । न्युनतम दशहजार लिटरको एक सय ५० रुपैया शुल्क तिर्नुपर्छ । उपभोक्ताले पानी पाएकोमा शुशि छन् ।
यसो त ग्रँमिण खानेपानी, मझौला खानेपानी र साना शहरी खानेपानी योजनाहरु सन्चालित छन् । घोराही, लमहि र तुलसीपुरमा टिटमेन्ट प्लान्ट सहितका सुविधा सम्पन्न साना शहरीका खानेपानी योजना छन् । त्यसबाहेक मझौला र ग्रामीन खानेपानीमा छान्ने सम्मको सुविधा छैन ।

त्यस बाहेक उनिहरुले ब्लीचिङ पाउडर भरपर्दो उपाए हो । खानेपानी समितिहरुले प्रयोग गरेको भेटिदैन । ठुला योजनाका बारेमा घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई सम्पर्क गर्न नसकिएपछि अबस्थाका बारेमा जानकारी दिन सकिएन । फोन सम्पर्क गर्दा व्यस्त भएको जानकारी दिनुभएपछि शुद्धताका बारेमा उल्लेख गर्न नसकिएको हो ।

एक बर्ष अघि पानी जाच गर्ने मेशिन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ दाङमा आएको छ । त्यसले तिस चालिस वटा योजनाका पानी जा“च गरेको फोडवासनका अध्यक्ष धु्रर्ब ठकुरीले जानकारी दिनुभयो । त्यसमा सबै जसो योजनाका पानी खानलाएक थियो । त्यो हिउदमा मात्रै हो ।

बर्षातमा सबै जसो योजनाका पानीमा भल मिसिन्छ । त्यसैले हरेक साझ व्लिीचीङ पाउडर हाल्नुपर्छ । अध्यक्ष ठकुरीका अनुसार त्यो सुविधा निवेदन लेखेर गएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि दिन्छ । ठुलो मात्रामा चाहिनेलाई मात्रै किननुपछृ । ‘उपभोक्ताको स्वाथ्यमा खतरा हुने गरी हेलचेक्राई गर्नु भैन’ अध्यक्ष ठकुरीले भन्नुभयो, ‘कुनै दिनको दुषित पानीले महामारी ल्याउन सकछ । ब्लीचिङ पाउडरमा धेरै मात्रामा खर्च हुदैन ।

त्यहि लोभले ठुलो समस्या व्यहोर्नुपर्ने समस्या आउन सक्छ ।’
खर्च धान्नका लागि समिति तथा संस्थाहरुले उपभोक्ता बाट मोटो रकम संकलन गरेकोले सुविधामा कन्जुसाई गर्न नहुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भनाई छ ।

जसले सुल्क नउठाई सेवा दिएका छन् थोरतिनोले धान्छ त्यसलाई मात्रै कार्यालयले सहयोग दिन सक्ने अरुले उठाएको रकम बाटै व्यवस्था गर्नुपर्ने भनाई छ ।

‘व्लीचिङ पाउडर भल पसेको पानीमा दैनिक हाल्नुपर्छ’ डिभिजन कार्यालका ईन्जिनियर तिलक न्यौपानेले भन्नुभयो, ‘त्यसो नगरी पानीकै कारणले झाडा पखाला वा अन्य कुनै रोग लागे समिति वा संस्थाले जिम्मा लिनुपर्छ ।’

उहाका अनुसार एक किलो ब्लीचिङ पाउडर भए एकलाख लिटर पानीमा पाच पटक हाल्न पुग्छ । ग्रँहक बाट लिएको दुई चार जनाको रकम बाट मात्रै खर्चभएर जाने हो । उहाका अनुसार टिटमेन्ट गरेपनि क्वालीटि टेष्ट अनिवार्य चाहिन्छ ।

त्यसले शुद्ध नदेखाए नियमित ब्लीचिङ पाउडर हाल्नैपर्छ । धेरै पानी चलिरहने टंकिमा बिहान बेलुका हाल्नुपर्छ । ब्लीचिङ पाउडर हालेको हरेक पटक तिस मिनट रोके पुग्छ । त्यस बाहेक बढि समय जम्मा गर्नुपर्छ भन्ने वाहियात हो । दिउसो बन्द गर्दा र राति बन्द गर्दा हाले मात्रै पनि पानी शुद्ध हुन पुग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्