विचार

सांसद कोमल ओलीलाई कारवाहीको माग गर्दै “सशक्त दलित एकता दक्षिण कोरियाले” निकाल्यो प्रेस बिज्ञप्ति !

By Saru Sunar

March 07, 2019

सांसद कोमल ओलीलाई कारवाहीको माग गर्दै “सशक्त दलित एकता दक्षिण कोरियाले” निकाल्यो प्रेस बिज्ञप्ति ! लोक गायिकाका नामले परिचित सांसद कोमल ओलीको अभिब्यक्ती विवादमा परेको छ । कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै उनको बिरोध भइरहेको छ । गत शनिबार प्रसारण भएको उक्त कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भनेकी थिईन ।

जुन नेपालको संविधान र कानून विपरितको शब्दावली थियो । कान्तिपुर टिभीको अफिसियल युटुबमा अपलोड गरिएको ५६ मिनेट २३ सेकेण्डको उक्त कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छिन, “आफु मरिसकेपछि डुमै राजा ।” जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र उनिहरुको आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन ।

एउटा सांसद जस्तो ब्यक्तीले के बोल्ने, के नबोल्ने भन्ने कुराको पनि सामान्य चेत नराख्दा त्यसले सिंगो दलित समुदायलाई होच्याएको र अपमान गरेकोमा सिङ्गो दलित समुदायले आपत्ति जनाएका छ्न नेपालको संविधान र ऐन कानूनले पनि जातिय रुपमा कसैलाई पनि होच्याउने, अपमान गर्ने त्यस्ता शव्द प्रयोग गर्नमा रोक लगाएको छ ।

यदि, त्यस्तो गरेको पाइएमा दण्ड सजायको ब्यवस्था छ । जनताको प्रतिनिधी सांसद जस्तो ब्यक्तीले संचारमाध्यमबाट नै कुनै सुमदाय माथी आँच आउने र होच्याउने गरी अभिब्यक्तीले यतिबेला सामाजिक संजालमा व्यापक बिरोध गरेका छन् भने ओलीलाई कारवाहीको माग समेत गरेका छन् । नेपालमा मात्र नभइ विभिन्न देशहरु र संघ संस्थाबाट चर्को आलोचना समेत गरेका छन् , ।

सशक्त दलित एकता समाज दक्षिण कोरियाले प्रेस बिज्ञप्ति निकाल्दै सांसद ओलिलाई कारवाहीको माग गरेको छ। समाजका अध्यक्ष घनश्याम बिस्वकर्माले सासद जस्तो गरिमामय पदमा बसेर सिङ्गो दलित समुदाय माथी अपमान गर्ने सांसदलाई सख्त कारवाही हुनु पर्ने र प्रवासमा रहेका दलित युवाहरु परे देखि आन्दोलन गर्न नेपाल आउने भन्दै चेतावनी समेत दिएका छन् ।