ग्रेट अरनिको द्वारा बाडिपिडित लाई सहयोग



सैघाली खबर,तुलसीपुर५,भदौ।
वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि निर्माण गरिएको मेयर विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम निरन्तर जारी रहेको छ ।

तुलसीपुर स्थित ग्रेट अरनिको मा बि कक्षा ११,१२ का विद्यार्थी र विद्यालय को तर्फबाट रु २५००५र( ९पच्चिस हजार पाँच रुपिया० बाढी प्रभाबित को लागि प्रीन्सिपल मान बहादुर बस्नेतले तुलसिपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डे लाई चेक हस्तान्तरण गरेका छन् । विद्यार्थी र विद्यालयका शिक्षकहरुले संयुक्त रुपमा खाजा खर्च छुटाएर सो रकम जम्मा गरेका हुन ।

तुलसीपुर क्षेत्रमा वाढीवाट भएको क्षतिको विवरण सहित एक द्धार प्रणालीवाट मात्रै पिडित समक्ष राहत पुर्‍याउने उद्देश्यले नगरपालिकाले विपत व्यवस्थापन कोषको स्थापना गरेको हो ।सो अवसरमा वोल्दै मेयर पाण्डेले विपतको वेला सहयोग गर्नु मानविय धर्म भएको भन्दै यस क्षेत्रका संघ संस्थाले खेलेको सकारात्मक भुमिकाको प्रसंसा समेत गरेका थिए ।

त्यसैगरी प्रीन्सिपल मान बहादुर बस्नेतले मानवताको सेवा नै जीवनको सर्बोतम कार्य भएकोले वाढी पीडितहरुलाई तत्काल राहात र सहयोग गर्न सबैलाई आग्रह गरेका छन। सो अवसरमा कार्यपालिका सदस्य दिपक कुमाल ,सचिव मान बहादुर रावत्, अरनिकोका सल्लाह्कार बिष्णु आचार्य लगायतको सहभागिता रहेको थियो ।

इन्भेष्टमेन्ट वैकमा रहेको कोषमा सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न कोषका संयोजक मेयर पाण्डेले सार्वजनिक अपील गरेका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्