जढिबुटी उत्पादनकर्ता तथा व्यापारी विच अन्तरक्रिया



देवी भण्डारी
दाङ ५ , भदौ
जढिबुटी उत्पादनकर्ता तथा व्यापारी विच अन्तरक्रिया कार्यक्रम सोमवार घोराहीमा सम्पन्न भएको छ । नेपाल वडिबुटी व्यवसायसंघ दाङका अध्यक्ष सन्तोषकुमार सोनी अध्यक्षता तथा जिल्ला वन कार्यलय दाङका अधिकृत सुर्यकान्त सिक्देल को प्रमुख आतिथ्यता एवम् सामुदायिक उपभोक्ता माहासंघका अध्यक्ष कमलराज पोख्रेलको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किसानहरुले दाङको बङगलाचुलि गाउपालिकामा एक सय जना किसानले गरेको तेजपत्ता खेतीबाट मात्र ७ सय कुईन्टल तथा तेजपत्ताको बोक्रा १ कुईन्टल उत्पादन गरेको किसानहरुले जानकारी गराएका थिए ।त्यस्तै गतवर्ष दाङमा १४ सय कुईन्टल उत्पादन गरि विक्रि गरेको किसानह?ले जानकारी गराएका छन । तेजपत्ता स्थानीय स्तरमा प्रति केजी ३५ देखि ४० रुपैया तथा बोक्रा ६० देखि ६५ मा विक्रिहुने किसानहरुले बताएका छन । टिमुर २५० देखि २७५ सम्म विक्रिहुने किसानह?ले बताएका छन् । साथै दाङको देउखुरी क्षेत्रमा मेन्थाको पनि खेती हुने गर्दछ । दाङमा गत वर्ष ८८ जना कृर्षकले ८ सय २४ किलोग्राम मेन्था उत्पादन गरेका थिए । मेन्था प्रतिकिलो १४सय ४० ?पैयाको दरले विक्रि हुने गरेको कार्यक्रममा सहभागी कृषर्कह?ले जानकारी गराएका छन् ।

दाङमा उत्पादन भएका जडिबुटी नेपालको नेपालगञ्ज , विरेन्द्रनगर तथा भारतमा विक्रि हुने व्यापारी तथा नेपाल वडिबुटी व्यवसायसंघ दाङका अध्यक्ष सन्तोषकुमार सोनी जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अथिति सिक्देलले व्यवसायिक खेती गर्ने जुनसकै निसानह?लाई खेतीको लागी लगानी तथा वीउं र उत्पादीत बस्तु खरिद गर्न जिल्ला वन कार्यालय तयार रहेका बताए । आफ्नो उत्पादन बढाउन तर्फ उन्मुख हुन सिकसानह?लाई आग्रह गरे । साथै उत्पादित बस्तुले मुल्य पाउदैनकी भन्ने चिन्तामा नपर्न पनि किसानहरुलाई सुझाव दिएका थिए
यसवर्ष देखी दाङमा मालागेडी , श्रीखण्ड , लगाएतका खेती लगाउन सु? भएको भन्दै यो खेति हुने ठाउं तथा लगाउन ईच्छुक किसानको लागी , विरुवा उपलब्ध गराउने बचन बद्धता व्यक्त गर्नुभयो । किसानले जवसम्म व्यवसायिक जडिबुटी खेती गर्नु हुदैन तबसम्म आर्थिक स्थितिमा सुधार नहुने भन्दै व्यवसायिक खेती गर्न आग्रह गरे । दाङको पाहाडी क्षेत्रहरुमा टिमुर उत्पादन राम्रो हुने उनाले त्यस क्षेत्रलाई टिमुर खेतिको पकेट क्षेत्रको रुपमा राखेर उत्पादन गर्न लागेको कार्यक्रममा जाकारी गराएका थिए ।

कार्यक्रममा घोराहीउपमाहानगरपलिका , तुल्सीपुर उपमाहानगरपलिका, तथा बङगलाचुलि गाउंपालिका मा रहेका सामुदायिक वनका पदाधिकारी तथा व्यवसायीह?को सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्य बारे जी आई आई जेड दाङका कार्यक्रम संयोजक लय सुवेदीले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण नेपाल जडिबुटी व्यावसायिक संघका कानुनी सल्लाहाकार भानुभक्त रिजालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्