मुख्य समाचार

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी

By थाहा अनलाइन

August 22, 2017

सैघाली खबर काठमाडौं, ५ भाद्र

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल विजयी भएको छ । नेपाल पे्रस युनियन र पे्रस सेन्टर नेपालको संयुक्त प्यानलबाट अध्यक्ष बन्नु भएका आचार्यले ७३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी पे्रस चौतारीका तर्फबाट उम्मेदवार बन्नु भएका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै अन्य पदाधिकारीमा पनि युनियन र सेन्टरकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा खुलातर्फ विपुल पोखरेल, समावेशीतर्फ दिलिप थापामगर, महासचिवमा रमेश विष्ट विजयी हुनुभएको छ । त्यस्तै सचिवमा खुलातर्फ रामप्रसाद दाहाल, महिलामा लक्ष्मी पुन, दलित रेमबहादुर विश्वकर्मा, मधेसी शीतलप्रसाद महतो, आदिवासी जनजातितर्फ उदय जिएम विजयी हुनुभयो भने एसोसियटतर्फ प्रकाश थापा विजयी हुनुभयो । यस्तै कोषाध्यक्षमा राजेश मिश्र विजयी हुनुभएको छ । लेखा समिति संयोजकमा रोशन पुरी तथा सदस्यहरुमा भुपेन्द्र आचार्य र मीरा राजभण्डारी विजयी हुनुभएको छ ।