मुख्य समाचार

नयाँ रणनीति बनाउन राजपाको बैठक बस्दै

By थाहा अनलाइन

August 22, 2017

सैघाली खबर काठमाडौ ,६ भाद्र

नेपालको संविधान दोस्रो संशोधन विधेयक व्यवस्थापिका संसदबाट अस्वीकृत भएपछिको नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टीको बैठक बस्दैछ । आज बस्ने केन्द्रीय समितिको बैठक प्रदेश नम्बर २ को चुनावलाई केन्द्रित गरेर रणनीति बनाउनेछ । संसोधन विधेयक असफल भएपनि चुनावमा जाने तर आन्दोलनका कार्यक्रमसहित चुनावमा जाने राजपाको तयारी छ । राजपाका प्रवक्ता डिम्पलकुमारी झाले आज ११ बजे बस्ने बैठकले नयाँ रणनीति बनाउने र भोलि औपचारिक घोषणा गर्ने जानकारी दिनुभयो । हिजो संसदमा विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेपछि विधेयक अस्वीकृत भएको थियो । राजपाले त्यसलाई दुर्भाग्य भनेको छ । विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो । संसदको आजको बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको निर्णयार्थ प्रस्तुत गरेको थियो ।