मुख्य समाचार

प्रधानमन्त्री देउवाले पूर्व परराष्ट्रमन्त्रीसँग छलफल गर्दै

By थाहा अनलाइन

August 22, 2017

सैघाली खबर काठमाडौ ,६ भाद्र

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका विषयमा विज्ञहरुसँग अन्तिम छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले आज पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका क्रममा उहाँले आफुले उठाउने एजेण्डा राख्ने र सुझाव माग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा. आरजु राणा, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रूपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ । प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भ्रमणकै अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री देउवाले भारतको तेलाङ्गना, आन्ध्रप्रदेश र बिहार राज्यको भ्रमणसमेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ भदौ ११ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।