सैघाली खबर
काठमाडौ ,६ भाद्र
बझाङमा आज बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २७ मिनेट जाँदा जिल्लाको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पका कारण क्षति भए÷नभएको बारे भने जानकारी आइसकेको छैन ।
यसअघि हिजो साँझ दोलखामा पनि पराकम्प गएको थियो । दोलखाको जुँगु केन्द्रविन्दू बनाएर ४ दशमवल ६ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।