मुख्य समाचार

बझाङमा आज बिहानै भूकम्प

By थाहा अनलाइन

August 22, 2017

सैघाली खबर काठमाडौ ,६ भाद्र

बझाङमा आज बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २७ मिनेट जाँदा जिल्लाको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पका कारण क्षति भए÷नभएको बारे भने जानकारी आइसकेको छैन । यसअघि हिजो साँझ दोलखामा पनि पराकम्प गएको थियो । दोलखाको जुँगु केन्द्रविन्दू बनाएर ४ दशमवल ६ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।