मुख्य समाचार

सिके राउतसँग हतारमा सहमति गर्नु र सहमतिपछिको गतिविधिले शंका उब्जायो : बाबुराम भट्टराई

By थाहा अनलाइन

March 11, 2019

काठमान्डौ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् ।

सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई सहमतिमा ल्याएर नेपालको राष्ट्रिय अखण्डतालाई स्वीकार गर्न र यही संविधान अन्तर्गत रहेर संशोधन गरी समस्या समाधान गर्न लगाइएको हो भने ठीक छ’ भट्टराईले भने, ‘तर सहमतिपछि जनकपुरमा राउतको संगठनले गरेको गतिविधिले शंका गर्ने ठाउँ प्रशस्तै दिएको छ ।’

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिको दोस्रो बुँदामा उल्लेख गरिएको ल्लेख गरिएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक प्रक्रिया’ भन्ने शब्दलाई सरकार र गठबन्धनले आआफ्नो ब्याख्या गरेकाले सरकारले प्रष्ट पार्नुपर्ने भट्टराईले बताए । ‘लोकतन्त्र भनिसकेपछि जनअभिमतमा आधारित भन्नैपर्दैन’ भट्टराईले दृष्टान्त दिए, “बरफ त चिसो हुन्छ, बरफलाई चिसो र तातो भनेर हुन्छ । लोकतन्त्र पनि जनमतमै आधारितै कुरा हो नि ।’

सरकारले सिके राउतसँग हतारमा सहमति गर्नु र उक्त सहमतिको दुबै पक्षले आआफ्नै ब्याख्या गर्नुले नयाँ द्वन्द्वको सिर्जना गर्ने बताए ।