नेइमारको ठाउँमा कोटिन्होलाई ल्याउन सकेन बार्सिलोनाले



सैघाली खबर,
६ भदौ। – बार्सिलोना लिभरपुलका खेलाडी फिलिप कोटिन्होलाई क्लबमा भित्र्याउने प्रयासमा पुनः असफल भएको छ । कोटिन्होका लागि ११८ मिलियन पाउण्ड तिर्न बार्सिलोना तयार भए पनि लिभरपुलले बेच्न चाहेन ।

योसँगै बार्सिलोनाको कोटिन्होलाई भित्र्याउने योजना तेस्रो पटक पनि असफल भएको छ ।

लिभरपुलका निर्देशक माइकल एडवार्ड्सले बार्सिलोनाले तिर्न चाहेको रकम ११८ मिलियन पाउण्ड चित्तबुझ्दो नभएको जनाएका छन् २५ वर्षका ब्राजिलियन खेलाडी कोटिन्हो जर्मनीमा भएको अडी कपमा घाइते भएपछि खेलेका छैनन् । उनी सेप्टेम्बर ९ मा हुने म्यानचेस्टर सिटीसँगको खेलमा उत्रने विश्वास गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्