वान वेल्ट, वान रोड अघि बढाउने विषयमा छलफल



सैघाली खबर,
काठमाडौं ६ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यू होङबिच भेटवार्ता भएको छ ।

प्रचन्ड निवास लाजिम्पाटमा बिहान भएको भेटवार्तामा केही दिनअघि चिनियाँ उपप्रधानमन्त्रीले गरेको नेपाल भ्रमण, नेपाल र चीनबिच भएका पुराना सन्धी सम्झौता र कार्यान्वयन र प्रगतीका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै चीन सरकारले वान वेल्ट, वान रोड ओविओआरलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो ।

भेटमा माओवादी अध्यक्ष प्रचण्डले वान वेल्ट, वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेकोले यसलाई चाँडी अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्