भदौ १६ गतेबाट ‘ए मेरो हजुर २’



सैघाली खबर,
नेपाली चलचित्र ‘ए मेरो हजुर २’ को ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्र रिलिजको आधा महिनाअघि तेश्रो गीत काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको हो ।

आगामी भदौ १६ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलार्इ झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

सार्वजनिक गीतमा साम्राज्ञी, सलिन, सलोनलाइ फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा राजेशपायल राइ र इन्दिरा जोशीको आवाज छ ।

कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको चलचित्रमा संजय लामाको छायांकन छ । यसअगाडि सार्वजनिक भएका २ गीतले चर्चा पाइरहेको समयमा तेश्रो गीतले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्