भदौ १६ देखि सुपथ मूल्य पसल दाङ लगाएत देशका बिभिन्न स्थानमा



सेैघाली खबर,
दाङ,६ भदौ।
सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हाो । उपत्यकासहित विभिन्न ३ दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने आपूर्ति मन्त्रालयले जनाएको छ ।

सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने आपूर्ति मन्त्रालयले जनाएको छ ।
दशैं, तिहार र छठका लागि यसपटक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नूनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने संस्थानका सहायक महाप्रवन्धक कुमार राजभण्डारीले बताए ।

अन्य उपभोग्य वस्तु दाल, चामल, पिठो लगायतमा पनि न्यूनतम मुनाफा राखेर विक्री गरिने संस्थानले जनाएको छ ।

उपभोक्तालाई राहत दिन नेपाल आयल निगम र दूग्ध विकास संस्थानलाई पनि आग्रह गरिएको मन्त्रालय   बताएको छ।
त्यस्तै, चाडवाडका समयमा उपभोक्तालाई सहुलियत दिन निजी संघसंस्था र व्यापारीलाई पनि आग्रह गरिएको मन्त्रालयले बताएको छ ।

त्यस्तै, उपत्यकाबाहिर झण्डै ४० स्थानमा यस्ता सुपथ मूल्य पसल राखिने मन्त्रालय र सम्बन्धित संस्थानले बताएका छन् । त्यस्तै उपत्यकाबाहिर नारायणघभाट, पोखरा, भैरहवा, नेपालगञ्ज, दाङ,टिकापुर , सुर्खैत , धनगढी लगायतका स्थानमा यस्ता पसल सञ्चालन गरिने संस्थानले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्