बाढीपीडितलाई ५ लाख राहत दिन माओवादी हेडक्वाटर बैठकको माग



सैघाली खबर,
काठमाण्डौ,६ भदौ।
नेकपा माओवादी केन्द्रले बाढी पहिरो प्रभावितहरुलाई पाँच लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ । मंगलवार पेरिसडाँडामा बसेको माओवादीको हेडक्वाटर बैठकले पीडितहरुको पुनःस्थापना र क्षतिपूर्तिका लागि पाँच लाख दिनुपर्ने माओवादीले माग गरेको हो ।
त्यस्तै बैठकले ज्यान गुमाएकाको परिवारलाई प्रतिव्यक्ति ३ लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ दिन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता पम्झा भुसालले जानकारी दिए । पीडितहरुको उचित बसोबासका लागि तत्कालीन राहत एक लाख रुपैयाँ दिनुपर्ने माओवादी केन्द्रको मागसमेत रहेको प्रवक्ता भुसालले जानकारी दिइन् ।
माओवादी केन्द्रले निकाल्यो यस्तो निष्कर्ष
बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्