गाउँको विकासका लागि मेरो उम्मेदवारी हो .



चुनाबी अभियानमा जुट्नु भएका माओवादी केन्द्र वडा नं  घोराही उपमहानगरपालिका १३ का अध्यक्ष पदका उम्मेदवार दया जी रोका संग स्थानिय तहको निर्वाचन त्यसको तयारीका सम्पादकले गर्नुभएको संक्षिप्त कुराकानी ।

 

 

daya jeee
घोराही उपमहानगरपालिका वडा नं १३ को अध्यक्ष पदको लागि लड्दै हुनुहुन्छ तयारी कस्तो छ  ?
म करिव २० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनका घोराही उपमहानगर पालिका वडा नं। १३ को तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिदैछु । त्यसका लागि म र मेरो पार्टी नेकपा माओवादी केन्द्र पुरै अभियानमा जुटेका छौ । जेठ ३१ गते हुने स्थानिय निकायको निर्वाचनका लागि संगठन विस्तार , सदस्यता वितरण लगायतका काममा व्यस्त छौ । म गाउँको विकासका लागि निरन्तर रुपमा खटेको छु र गाउँको विकासका लागि पनि यति त्यहाँका जनताहरुले माग गरेका हुदा मैले मेरो उम्मेदवारी दिएर संगठन विस्तार, संगठन परिचालन सदस्यता वितरण लगायतका काममा लागि निरन्तर रुपमा खट्दै आएको छु ।
गाउँको विकासका लागि तपाई संग कस्ता कस्ता योजना छन् ? 
घोराही उपमहानगर पालिकाको पनि वडां नं। १३ अति दुर्गमक्षेत्र अन्तरगत पर्छ । तपाई भन्नु हुन्छ भने दाङको पश्चिम क्षेत्र हापुरे सम्म पक्की सडक पुगेको अबस्था छ । तर घोराही उपमहानगरपालिका भित्र भएर पनि त्यहाका जनताहरुले यस क्षेत्रको विकास भएको अनुभुति गर्न पाएको अबस्था छैन त्यसमा झनै वुढाकोट मौलाकोट ,उपल्लो लापे तल्लोलापेका वालवालिकाहरुले विद्यालयको मुख समेत देख्न पाएको अबस्था छैन त्यसका उनिहरुको भविश्य समेत अब के हुने भन्ने अबस्थामा छ । त्यसैले समग्र त्यस क्षत्रेको विकास लागि पनि म निरन्तर रुपमा लागि परेको छु । यस वडामा हेर्नु हुन्छ भने हिजो देखि समाजमा पछाडी पारीएको आदीवासी जनजातिको सँख्या अलि धेरै छ । त्यसैले गर्दा त्यहा भएका केही सामन्तवादी चिन्तन भएका व्यक्तिहरुले त्यो समाजमा भएका व्यक्तिहरुलाई अलि हेप्ने गरेका कारण आदीवासी जनजाति मगर समुदायको अधिकार स्थापित गर्नका लागि आफुले उम्मेदवारी दिएर चुनावमा होमिएको छु । हाम्रो पार्टीले स्थानिय तहको चुनाव जिते भने घोराही, हापुर हुदै रक्षाचौर सडक कालोपत्रे गर्ने, मौलाकोट , उपल्लो लापेतल्लो लापे सम्म सडक निर्माण गर्ने , मौलाकोटमा एउटा विद्यालय सञ्चालनमा ल्याएर बालवालिकाको उज्वल भविश्य निर्माण गर्ने योजना छ त्यसै अनुरुप चुनावी होमिएको छु ।
तपाई र तपाईको पार्टी माओवादी केन्द्रले चुनाव जित्ने आधारहरु के के हुन ? 
सबै भन्दा पहिलो आधार भनेको पार्टी र संगठन हो त्यसका लागि तल सम्म हाम्रो जनआधार तयार छ । त्यसका लागि संगठन विस्तार गर्दै सदस्यता वितरण र व्यापक जनपरिचालन लगायतका कामलाई व्यापक रुपमा अगाडी वढाएका छौ । माओवादीले गरेका विकास निर्माणका होस् या समाज रुपान्तरका कामलाई जनताको माझमा पु¥याउनु अहिलेको मुख्य आबश्यकता हो । एमाले काग्रेसले माओवादीको व्याज खाई रहेका छन् र हाम्रा विरुद्ध जनताहरुलाई उस्कानका लागि निरुनतर प्रयास गर्दै आएका छन । यो भ्रम चिर्नका लागि हामी तल्लो तह सम्म लागेका छौ त्यसकारण हामी आगामी जेठ ३१ गते हुने स्थानिय निकायको चुनाव अनिवार्य रुपमा माओवादीका एजेण्डालाई स्थापित गर्दै चुनाव जसरी भएपनि जित्ने योजनामा छौ ।
तपाईको उम्मेदवारी किन ? 
तपाईको प्रश्नमा आफै खोज्दै जानु भयो उत्तर आफै भेट्टाउनु हुन्छ । माओवादी पार्टी क्रान्तिकारी पार्टी हो जसले हिजो जनयुद्ध ÷ जनआन्दोलनका माध्यमबाट समाज परिर्वतनका लागि निरन्तर रुपमा आफुलाई स्थापित गर्दै आएको छ । हिजो महिला, दलित आदीवासी जनजाती सबैको अधिकार स्थापनाका लागि माओवादी निरन्तर लाग्दै आएको छ त्यसकारण म के भन्छु भने सामान्तवादी चिन्तन र सोच भएका व्यक्तिलाई परास्त गर्नका लागि मेरो उम्मेदवारी हो ।
daya jeee
तपाईको यस पत्रिका मार्फत के भन्न चाहान्छु भने स्थानिय तहको निर्वाचन नेपाली जनताको अधिकार स्थापित गर्ने कुरा हो । जेठ ३१ गते हुने निर्वाचनले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि एउटा आधार तयार गर्नेछ । २०÷ ३० बर्ष देखि रोकीएको विकास निर्माणको कामले गतिलिने छ । त्यसकारण जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हसियाँ हतौडामा मतदान गरी माओवादीलाई अमुल्य मतदान गरी बिजयी बनाउँन म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्