सडक पूर्वाधार बिकास विना अरु बिकास असम्भब ः मेयर चौधरी



निमु सगमं घर्ती,
घोराही, ६ भदौ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भौतिक पूर्वाधार बिकासमा सडकलाई प्राथमिकता दिने बताउनुभएको छ । द एशिया फाउण्डेशनले मंगलबार उपमहानगरपालिकाका जनप्रतिनिधीहरु सँग गरेको स्थानिय सरकार सवलिकरण कार्यक्रममा मेयर चौधरीले सडक बिस्तार र मर्मतमा बिषेश ध्यान दिईएको बताउनुभएको हो ।

सडक सञ्जाल बलियो नहुदा सम्म अन्य बिकासहरु अघि बढ्न नसक्ने भएकाले पहिलो प्राथमिकता सडक पूर्वाधार भएको उहाँको भनाई छ । घोराही केन्द्र देखी प्रत्येक वडा र प्रत्येक वडा देखी गाउँ गाउँ सम्म बलियो सडक सञ्जाल निर्माण गर्ने गरी उपमहानगरले निति तथा कार्यक्रम पारित गरेको समेत मेयर चौधरीले जानकारी दिनुभयो ।

अहिले पनि आधारभुत आबस्यकताहरु पुरा नभएका बस्तीहरु रहेको भन्दै उहाँले न्यायपूर्ण बिभेदबाट विकास र संबृद्धिलाई अघि बढाउने समेत प्रतिबद्धता जनाउनुभयो । भौतिक पूर्बाधार, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, खेलकुद सहितका क्षेत्रको एकीकृत बिकासले मात्रै सुन्दर र संबृद्ध नगर बनाउन सकिने उहाँको धारणा छ ।

कार्यक्रममा वडा अध्यक्षहरुले भौतिक बिकास भन्दा पहिले मानसिक सोचमा सकारात्मक परिबर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । पारदर्शिता र सुशासन कायम गर्नका लागि आफुहरु प्रतिबद्ध रहेको वडा अध्यक्षहरुको भनाई छ ।

द एशिया फाउण्डेशनले उपमहानगरको परिकल्पान, वित्त व्यवस्थापन, लैङगिक समानता र समोबशिता, सुचनाको अधिकार, भौगोलिक सुचना प्रणाली, अन्तर सरकारी कार्यालयको समन्वय र दातृ निकाय सँगको सहकार्यका बिषयमा चासो रोखेको छ । साथै उपमहानगरले गुरु योजना बनाएर काम गर्न लागेको भन्दै बस्तुगत विबरण संकलनको काम पनि छिट्टै थाल्ने जनाएको छ ।

ब्ततबअजmभलतक बचभब

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्