‘‘सिप सिकौ ,आत्मनिर्भर बनौ ’’



सैघाली खबर
दाङ ६ , भदौ
युवा स्वरोजगारको प्रवद्र्धन गर्ने उद्देश्यले यही भदौ १३ गते देखी दाङको घोराहीमा निशुल्क प्राविधिक तालिम सुरु हुदैछ । वढ्दो युवा वेरोजगारी लाई मध्ये नजर गर्दै गौरीशंकर ओभरसिज प्राली शाखा कार्यालय दाङ र सैघाली ट्रेनिङ सेन्टर प्राली दाङको संयुक्त आयोजनामा निशुल्क तालिम सुरु हुन लागिएको सैंघाली ट्रेनिङ सेन्टर प्राली दाङका प्रर्वन्धक यादव सैघालीले जानकारी दिए ।

‘हात–हातमा सिप सिकाई , स्वरोजगारको अवसर खुल्ला गरी दाङका अर्थतन्त्र लाई मजवुत वनाई , समृद्धि र विकास ढोका पहिल्याउने उद्देश्यका साथ तालिम संञ्चालन गर्न लागिरहेका सैघालीले जानकारी दिए ।

निशुल्क तालिम संञ्चालन गरी आर्थिक रुपमा विपन्न परिवारहरुको आर्थिक सम्पन्न वनाउने तालिमको पहिलो लक्ष्य रहेको छ । तालिममा विपन्न , दलित , महिला , सिमान्तकृत , अल्पसख्यक , वर्ग तथा जातिहरु लाई प्राथामिक्ता दिईने छ । पलम्वीङ , हाउस वाईरिङ , मेसन , कारपेन्टर र स्टल फिक्चर तालिम सञ्चालन गर्न लागिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्