अश्लिल चलचित्र हेर्ने भन्दा,अश्लिल तस्विर हर्नेलाइ बलात्कारको भावना आउने खुलाशा



विगतमा अश्लिल चलचित्र हेर्न मानिस यौनका मामिलामा बढी सोच्ने तथा आफ्नै नजिकको साथी अथवा आफन्तमा यौन सम्बन्धी नकारात्मक धारणाको विकास हुने बताइँदै आइएको थियो। तर हालैको अध्ययनले अश्लिल तस्बिर हेर्न युवाले आफ्नो खाली समयमा महिलाको भित्री बस्त्रका बारेमा कल्पना गर्ने र उनीहरुसँग नजिक भएको सोचाइको विकास हुने भएकाले उनीहरुमा महिलाप्रति नकारात्मक भावनाको विकास हुने र बलात्कारसम्मको कदम चाल्न सक्ने उक्त अध्ययनले देखाएको छ।

बेलायतमा हालै गरिएको एक अध्ययनले अश्लिल चलचित्र हेर्ने युवाभन्दा कुनै पत्रपत्रिका र म्यागेजिनमा तथा विज्ञापनको होडिङबोर्डमा महिलाको अश्लिल तस्बिर हेर्ने युवामा बलात्कारको भावना बढी हुने देखाएको छ। नटिङहम विश्वविद्यालयका प्राध्यापक डा. सिमोन डफ र उनको टिमले गरेको अध्ययने महिलाको अश्लिल तस्बिर हेर्ने मानिसमा महिलाप्रति नकारात्मक धारणा भएको र उसले जुनसुकै कदम चाल्न सक्ने बताएको हो।

उक्त अध्ययनमा औसत १९ वर्ष उमेर भएका १४३ जनालाई सहभागी गराएको थियो । जसमा ४६ प्रतिशत पुरुष थिए।
डा. डोफले भने ‘उदाहरणका लागी महिलाप्रती पहिले देखिनै नकारात्मक भावना भएका मानिसहरुमा त्यस्तो भावनाको विकास छिटो हुने देखियो ।
उनले यस्तो कार्य रोक्न तथा समस्याको समाधान गर्न टेलीभिजन तथा पत्रपत्रिकामा देखाइने महिलाको अर्थनग्न तस्बिर देखाउने कार्यमा प्रतिबन्ध लागाउनु पर्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्