बाढी पिडित बीस दलित घर परिवारलाई राहात वितरण



सैघाली खबर
दाङ,७ भदौ । तुलसिपुर उपमहान नगरपालिका १३ मजघटुवा स्थित विपन्न २० घर दलित समुदायलाई राहत वितरण गरिएको छ । टेवा नेपाल र दलित महिला एकता केन्द्रको संयुक्त सहकार्यमा राहत वितरण गरिएको हो । आर्थिक अबस्थामा कमजोर भएका विपन्न दलित समुदायलाई आर्थिक उक्त सहायता प्रदान गरिएको हो ।

जस अन्तरगत तुलसिपुर उपमहानरपालिका १३ स्थित नरबहादुर विक, जितमान विक,चन्द्रबिर विक,ईन्द्रबहादुर विक, सरिता विक,राजु विक, संजय विक,दुर्गाबहादुर विक, प्रेम विक, राजेन्द्र विक, करुणा विक, मानध्वज विक,धनबहादुर विक हरिबहादुर विक,गोर्वधन विक,सुमित्रा नेपालीलाई प्रदान गरिएको थियो ।

बाढीका कारण उनिहरु आफन्त र गाउँलेहरुको बस्दै आएका बताएका छन । त्यस अबसरमा बाढी पिडितहरुलाई चामल, नुन , कपडा प्रदान गरिएको थियो । त्यस अबसरमा दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ताले उक्त सामग्री प्रदान गर्नु भएको थियो ।त्यसअबसरमा बोल्दै गुप्ताले टेवा नेपालका कर्मचारीले खाजाबाट कटाएको रकम बाढी पिडितहरुलाई प्रदान गरिएको वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्