नेपाल संस्कृत विश्व विद्यालयमा कार्यकारी परिषद गठन सम्बन्धमा देखिएको विवादप्रति अखिल क्रान्तिकारीले प्रेस बिज्ञप्ति जारि गर्यो



काठमान्डौ नेपाल संस्कृत विश्व विद्यालयमा केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा कार्यकारी परिषद गठन सम्बन्धमा देखिएको अनावश्यक विवादप्रति अखिल (क्रान्तिकारी) राप्ती समन्वय समितिले अाफ्नाे ध्यानाकर्षण भएको जनाउदै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

राजनीतिक पूर्वाग्रहकाे अाधारमा उपकुलपतिलाई नै असफल पार्ने गरि परिषद सदस्य वंशीधर अाचार्यप्रति शिक्षाध्यक्ष र कुलसचिवकाे मिलिमताेमा गर्न खाेजिएकाे षडयन्त्रकाे खारेज गर्दै उत्पन्न समस्या समाधान गर्न २४ घण्टा अल्टिमेटम दिएको छ । संगठनका राप्ती ब्युरो संयाेजक पदम पाेख्रेलले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र कार्यकारीकाे बैठकमार्फत समस्या समाधान गर्न उपकुलपति र शिक्षाध्यक्षसमक्ष माग गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्