अनेरास्ववियु क्रान्तिकारी २१ औं राष्ट्रिय सम्मेलनले आजदेखि



सैघाली खबर
काठमाडौं, ७ भाद्र

राष्ट्रिय सम्मेलनले आजदेखि सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । राजधानीको बालमिकि क्याम्पसमा सम्मेलन हुनेछ । सम्मेलनले करिब अढाइ सय सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएको छ ।सम्मेलनबाट ३३ पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वा्चित हुने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । अहिले ९ सय ९९ सदस्यीय केन्द्रीय समिति छ । उहाँका अनुसार कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष नौ, महासचिव एक, उपमहासचिव पाँच, सचिव १६ र कोषाध्यक्ष एक रहनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्