काठमान्डौ नेपाल आइडल सिजन १ का प्रताप दास र गीता राइको आवाज रहेको ‘मुहारमा’बोलको गीत सार्बजनिक भएको छ ।
हिमान्सु रायमाझी ‘गोधुली’ को शब्द संयोजन रहेको गीतमा भिम बिसीको संगीत रहेको छ भने उदय राज पौडेल को संगीत संयोजन रहेको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियो मा चर्चित मोडल रंजित पौडेल र केकी अधिकारीलाई देख्न सकिने छ ।
भिडियोलाई OSR Digital युटुब च्यानलबाट सार्बजनिक गरिएको हो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।