काठमाडौं । गायक कर्मा ग्याल्चेन बम्जनको नयाँ गीत ‘आगो र पानी’ सार्वजनिक भएको छ । आर बि खड्काको शब्द तथा कर्मा ग्याल्चेन बम्जनको संगीत रहेको गीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।
मनोज बिस्टको निर्देशनमा बनेको भिडियोमा बिनु शाक्य, बिशाल थापा ,प्रफुल्ल श्रेष्ठ लाइ देख्न सकिनेछ।
प्रेम लामा को छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने भिडियोलाई OSR Digital युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।