पूर्ण र खुशी प्रथम



मगर समुदायको भेषभुषा संरक्षणका लागि शनिबार घोराहीमा मगरात सांस्कृती भेषभुषा प्रतियोगिता गरिएको छ ५ जना महिला र ५ जना पुरुषका बिचमा भेषभुषा प्रतियोगिता गरिएको हो ।प्रतियोगितामा पुरुष तर्फ पूर्णजंग पुनमगर प्रथम र त्रिलोक पुनमगर दोस्रो भएका छ ।त्यसैगरी, महिला तर्फ खुशी पुनमगर प्रथम र प्रेरणा रोकामगर दोस्रो भएका छन । प्रतियोगितामा बिजयी र सहभागिहरुलाई घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देलले प्रमाणपत्र प्रदान गर्नुभयो भने अध्यक्ष किर्तीमान पुनले नगद पुरस्कार प्रदान गरेका छन ।

प्रतियोगिताको निर्णायकमा सतबहादुर रोकामगर, सारदा पुनमगर र हेमकुमारी पुनमगर रहेका थिए । घोराहीको गणेश चित्रालयमा आयोजित कार्यक्रममा करिब ६ सय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मगर, थारु, तामाङ, गुरुङ सहित विभिन्न समुदायका युवा युवतीहरुले नृत्य देखाएका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष सुरस बुढामगरले स्वागत गर्नुभएको थियो भने महासचिब प्रकाश पुनले सहजिकरण गरेका थिए ।संघिय संसदका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यतामा प्रतियोगिता गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्