मुख्य समाचार

माओवादी केन्द्रले बाढी पीडितलाई राहतस्वरुप झण्डै ३५ लाख सहयोग

By थाहा अनलाइन

August 23, 2017

सैघाली खबर, काठमाडौं, ७ भदौ।– नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहतस्वरुप झण्डै ३५ लाख सहयोग गरेको छ । बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको तलव अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले बताउनुभयो ।