रंगशाला निर्माणका लागि मलेसियाका श्रमिकहरुले पठाए धुर्मुस सुन्तलीलाई २ लाख ३४ हजार सहयोग



धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन् लागेको ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले आर्थिक सहयोग पठाएका छन् ।जेसिवाइ कम्पनि मा कार्यरत ६ सय २१ जना श्रमिकहरुले आइतवार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात नेपाली २ लाख ३३ हजार ९ सय ८२ रुपैँया सहयोग पठाएका हुन्।सहयोग रकम पठाउँदै उनीहरुले सबैले सानो सानो सहयोग गरे नेपा लमा छिट्टै अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गरेका छन्।यो कम्पनीमा कार्यरत श्रमिकहरुले यस अघि पनि थुप्रैपटक सामाजिक कार्यका लागि सहयोग संकलन गरेर पठाएका थिए । रंगशाला निमार्णको लागि सहयोग पठाउँदै उनीहरुले धुर्मुस सुन्तलीलाई एक सन्देश लेखेका छन् ।उनीहरुले लेखेको सन्देश ‘ हजुरहरुको सामाजिक कार्य प्रतिको लगावको ब्याख्या बयान गर्दा पनि कम हुन्छ । त्यस कारण हामि यति मात्र भन्न चाहान्छौं ।

सिताराम सर अनि कुञ्जना म्याडम ।! हामिमा हजुर जत्तिकै आंट साहस र म रंगशाला निर्माण गरेर देखाउछु मलाई साथ दिनुहोस् भन्न त सकेनौ तर आज हजुरहरुको त्यो बिश्वास अनि त्यो आत्मबलको कदर गर्दै हजुरहरुको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रीकेट रंगशा ला निर्माण गर्ने अभियानमा बिरानो मुलुक यो कर्मभुमी मलेसियाको एउटा कुनाबाट भए पनि हामी जेसिवाइ कम्पनिमा कार्यरत दाजु भाइ तथा दिदी बहिनीहरु सानो सहयोग गरेर हजुरको त्यो महान अभियानमा जोडिन पाउदा हामी निकै खुसी ,उत्साहित र स्वयं आफैंलाई भाग्यमानी ठानेका छौ । ’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्