भारत भ्रमणमा निस्के प्रधानमन्त्री



सैघाली खबर,
काठमाण्डौ,७ भाद्र ।, २०७४( प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली टोलीको नेतृत्व गर्दै बुधबार बिहान भारत प्रस्थान गरेका छन् । उनी आज बिहान १० बजे नेपाल एयरलाइन्सको एयरबस ३२०(२३३ सिरिजको लुम्बिनी नामक जहाजमा भारत भ्रमणमा निस्केका हुन् ।

उनलाई बिदाइ गर्न सभामुख ओनसरी घर्ती, मन्त्री लागायतका वशिष्ट व्यक्ति विमानस्थल पुगेका थिए ।

वर्तमान दलीय गठबन्धनका अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण गरेको एक वर्ष नपुग्दै उनी सद्भावना भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्रीको टोली ५९ सदस्यीय रहने मंगलबार साँझसम्म टुंगो लागेको छ ।

भ्रमणका क्रममा चार भिन्न क्षेत्रका सात समझदारी हुने तयारी छ । भूकम्पपछिको पुनर्निर्माणका विषयमा चार समझदारी हुनेछ भने मेचीमा पुल निर्माण, गुणस्तरमा मान्यता र लागूऔषध ओसारपसारमा नियन्त्रण गरी अन्य तीन समझदारी हुने परराष्ट्रका एक अधिकारीले बताए ।

पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि पीडितको घर पुनर्निर्माणमा १० अर्ब तथा स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रमा पाँचरपाँच अर्ब रकम उपलब्ध गराउनेबारे समझदारी हुने संलग्न अधिकारीले बताए । चार मन्त्री सहभागी हुने भ्रमण टोलीमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेल पनि छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्