सैघाली खबर।
इन्क्युबेटरमा राखिएका हाँसका अन्डामध्ये एक अन्डाबाट दुई चल्ला कोरलिएपछि अचम्ममा परेकी छन् ।
रोचक त के छ भने एउटा अन्डाबाट निक्लिएका जम्ल्याहा चल्ला एकापसमा शरीर जोडिएका छन् । क्यानडाको एम्बर ब्रान्नेन परिवारले पहिलोपटक नोभा र स्कटिया नाउँका जोडी हाँस पालेका थिए ।
द भ्यानगर्डसँग कुराकानी गर्दै ब्रान्नेनले ‘मैले बेलायतमा एक धनीको हाँसबाट यस्तै जम्ल्याहा चल्ला पाएको थाहा पाउँदा निकै रमाएकी थिएँ तर आफ्नोमै जम्ल्याहा हाँस पाउँदा झन् दंगदास छु,’ भनेकी छन् ।
आफ्नोमा जम्ल्याहा हाँस जन्मिएपछि उनी त्यस्तै जम्ल्याहा चल्ला हुने धनीहरूसँग फेसबुकमा जोडिएकी छन् र आफ्ना चल्लाहरुको तस्बिर सेयर गर्दै आएकी छन् ।
जम्ल्याहा चल्ला जन्मिएको यो पहिलो पटक भने होइन् । गत २००९ मा बेलायतमा एउटै अन्डाबाट जम्ल्याहा कोरलिएका थिए र उनीहरू सकुशल बाँचेका पनि थिए । – एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।